धनगढी पोष्ट शुक्रबार, १२ मङि्सर २०८२   November 28, 2025

महेश बस्नेत बिरुद्ध नाराबाजी गरेपछि जेनजीमाथि युवा संघको आक्रमण

महेश बस्नेत बिरुद्ध नाराबाजी गरेपछि जेनजीमाथि युवा संघको आक्रमण

धनगढी ।  धनगढीमा महेश बस्नेत बिरुद्ध नाराबाजी गरिरहेका जेनजीका युवाहरुमाति युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् ।

बस्नेतको धनगढीको कार्यक्रममा जाने बाटोमा रहेको कभर्डहल अगाडि  सडकमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेन्जीहरूलाई युवा संघका कार्यकर्ताले आक्रमण गरेका हुन् ।  धनगढी एयरपोर्टबाट बस्नेतलाई लिएर आएका युवा संघका कार्यकर्ताले आक्रमण गरेका हुन् ।  मोटरसाइकलमा आएका युवा संघका युवाहरू प्रहरीकै अगाडि कुटपिट गरेका हुन् ।

बस्नेत धनगढी आउने भएपछि  बिहानेदेखि जेनजी युवाहरु  बस्नेतको बिरोधमा सडकमा प्लेकार्ड समातेर  शान्तिपूर्ण प्रदर्शन गरिरहो थिए  ।

 कुटपिटमा धनगढी ४ की जेन्जी लिडर सरिता जोशीको हातमा चोट लागेपछि उपचारका लागि  निसर्ग अस्पतालमा लगिएको छ ।