धनगढी पोष्ट मङ्गलबार, १६ मङि्सर २०८२   December 2, 2025

लागु औषध सहित कैलालीका ४ जना पक्राउ

धनगढी । प्रहरीले लागु औषध समित चार युवकलाई पक्राउ गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाबाट दुई जना र टीकापुर नगरपालिकाबाट दुई जनालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो ।

धनगढी १० जुगेडा कटानबाट धनगढीका १२ का  २१  बर्षाीय प्रशान्त ऐर र  २० बर्षीय  अरुण राईलाई २ ग्राम ५ शय ४० मिलिग्राम लागुऔषध खैरो हेरोइन सहित पत्रलाउ गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यसैगरीटिकापुर नगरपालिका ४ बाघमारा स्थित सडक खण्डबाट सोही ठाउँका २३ बर्षीय  प्रशान्त चौधरी र १९ बर्षीय बिश्राम चौधरीलाई ३ शय १० मिलिग्राम लागुऔषध खैरो हेरोइन  सहित पक्राउ गरिएको छ । पक्राउ परेको सबैका बारेमा  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।