धनगढी पोष्ट
सोमबार, १५ मङि्सर २०८२ मा प्रकाशित
धनगढी । सरकारले गरेको औषधी पसल नवीरकणको नया व्यवस्थाको खारेजको माग गर्दै औषधी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । औषधी व्यवसयायीहरुले सोमबार कैलालीमा दुई घण्टा औषधी पसलहरु बन्द गरेका छन् ।
अइतबार एक घण्टा पसल बन्द गरेका औषधी व्यवसायीहरुले सोमबार दुई घण्टा (११ देखि १ बजेसम्म) पसल बन्द गरेका हुन् । यसअघि आइतबार औषधी व्यवसायीहरुले ११ बदेखि १ बजेसम्म पसल बन्द गरेका थिए ।
नेपाल औषधी व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम राज बुढाक्षेत्री सरकारले औषधी व्यवसायीलाई करोवारबाट बिस्थापिथ गर्ने गरि ऐन संशोधन गरेकोले आन्दोलन गरेका बताउँछन् । ‘औषधी ऐनको उपाधारा ५ संशोधन गरेर सरकारले आर्थिक बर्ष सकिएको ३१ औं दिनमा औषधी व्यवस्था बिभागमा नवीकरण गर्न गयौ भने हाम्रो फर्म नवीकरण नहुने, स्वतः रद्ध हुने अहिले नयाँ व्यवस्था गरिएको छ ।’ अध्यक्ष बुढाक्षेत्रीले भने ‘हामी औषधी व्यवसायी मात्र हैन, कसैको लागि पनि यो राम्रो हैन । बरु दस्तुर बढाओस् । तर खारेज नै हुने गलत काम व्यवस्था गरिएको छ ।’
व्यवसाय गर्न अप्ठेरो पार्ने गरि ऐन संशोधन गरिएकोले आन्दोलनमा उत्रिनु परेको अध्यक्ष बुढाक्षेत्रीले बताए ।
औषधी व्यवसाय ऐन २०३५ संशोधन गरी दफा ११ को ३ र ५ मा म्याद सकिएको दिन देखि नै व्यवसाय नविकरण गर्दा शत् प्रतिशत जरिवाना लाग्ने र म्याद सकिएको ३० दिन भित्र नविकरण नगरे व्यवसाय नै खारेज हुने प्रावधान राखिएको छ ।
औषधी व्यवसायी संघ, नेपाल पशुपंक्षी औष्धी व्यवसायी संघ र नेपाल आयुर्वेद औषधी व्यवसायी संघ सरकारले गरेको नया व्यवस्थाको खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले दफा ३ संशोधन गर्न र दफा ५ को व्यवस्था खारेज गर्न माग गरेका छन् । दफा ३ मा संशोधन गरी म्याद सकिएको ३० दिन भित्र नवीकरण गरे जरिवाना नलाग्ने र ९० दिन भित्र जरिवाना तिरेर नवीकरण गर्न पाउने व्यवस्था गर्न व्यवसायीहरूले माग गरेका छन् ।
औषधी व्यवसायी संघका केन्द्रिय सदस्य गया प्रसाद कुश्मी औषधी व्यवसयासँग औषधी नरहेर धेरै क्षेत्रसँग जोडिएको र व्यवसायीलाई अप्ठेरो पार्ने गरि गरिएको कानुनी व्यवस्था खारेज नगरिए आन्दोलन सशक्त बनाएर लैजाने बताउँछन् ।
केन्द्रिय सदस्य कुश्मी हरेक दिन पसल बन्दको समय बढाउँदै लैजाने सहितका आन्दोलनका थप कार्यक्रम गर्न औषधी व्यवसायीहरु बाध्य हुने बताउँछन् ।