धनगढी पोष्ट
शनिबार, २७ मङि्सर २०८२ मा प्रकाशित
धनगढी । धनगढी स्थित ब्रदर्श वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनन्जय भट्टको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभा कार्यक्रममा पुर्व अध्यक्ष तथा पुस्तक व्यवसायी मेखराज दाहाल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा पुर्व अध्यक्ष योगेन्द्र अवस्थी लगायत अतिथि रहनु भएको थियो ।
संस्थाका व्यवस्थापक हर्क शाहीका अनुसार ५ सय १२ जना शेयर सदस्य रहेको सहकारीमा हाल ५२ लाख बराबरको शेयर पुँजी रहेको छ । बार्षिक साधारण सभा कार्यक्रमका अवसरमा संस्थाको विकासमा महत्वपूर्ण सहयोग पुर्याए वाफत पूर्व अध्यक्ष योगेन्द्र अवस्थीलाई सम्मान गरिएको छ ।
त्यसैगरी उत्कृष्ठ वचत कर्ता तर्फ धनगढी–३ का पुर्णा नन्द पाण्डेय, असल ऋणी तर्फ धनगढी–५ का विश्राम चौधरी तथा उत्कृष्ठ संकलक कर्ता कर्मचारीका रुपमा विमला ओझालाई समेत बार्षिक साधारण सभा कार्यक्रममा सम्मानित गरिएको छ ।
संस्थाका कोषाध्यक्ष चेतराज भट्टले स्वागत मन्तव्यसंगै आर्थिक बर्ष २०८१÷०८२ को आय व्यव विवरण प्रस्तुत गरेका थिए भने उपाध्यक्ष खेमराज दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।