धनगढी पोष्ट बिहिबार, ०३ पुष २०८२   December 18, 2025

अख्तियारद्दारा बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारद्दारा  बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन सबइन्जिनियर गणेशराज उपाध्याय, लेखापाल हर्कदेव जोशी, वडा नं. तल्लो बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा कोषाध्यक्ष निलम भण्डारीको मिलेमतोमा गाउँपालिकालाई गैर कानुनी हानी नोक्सानी पु-याइएको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

बित्थडचिर गाउँपालिका स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारले पूर्वगाउँपालिका अध्यक्षसँग मिली खेल मैदान निर्माण गर्दा रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो

अनुसन्धानमा उनीहरूले मिलेमतोमा १४ लाख ६६ हजार रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले जनाएको

सो मुद्दामा उनीहरूसँग अख्तियारले १४ लाख ६६ हजार रुपैयाँ बिगो मागदाबी गरेको