धनगढी पोष्ट आइतबार, १३ पुष २०८२   December 28, 2025

राष्ट्रसेवक सहकारीको १८ औ साधारण सभा :   अन्य व्यवसया तर्फ पनि सम्भाव्यता अध्ययन गरि कार्य संचालन गरिने

योगदान पुरयाउनेहरु सम्मानित

राष्ट्रसेवक सहकारीको १८ औ साधारण सभा :   अन्य व्यवसया तर्फ पनि सम्भाव्यता अध्ययन गरि कार्य संचालन गरिने

धनगढी । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  १८ औं वार्षिक साधरण सभा  शनिबार धनगढीमा शुरु भएको छ । सभाको सुदुरपश्चिम प्रदेश सभा सदस्य एवम नेकपा एमालेकी केन्द्रिय सदस्य सन्तोष शर्मा थापाले उद्घाटन गरेकी हुन् ।

२०६४ स्थापना भएको राष्ट्रसेवक सहकारी निजामति कर्मचारीहरुद्धारा स्थापना गरिएको सहकारी हो । हाल ६ शय जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पुँजी ७३ लाख  ४४ हजार रहेको छ ।

आर्थिक  बर्ष २०८१।२०८२ मा सहकारीले ३ लाख ९३ हजार ८ शय २८ रुपैयाँ बिभिन्न शीर्षकमा राजश्व तिरेर कर रकममा योगदान गरेको छ । सहकारी ०.८१ प्रतिशतले लाभांश वितरण गर्न सफल भएको छ ।

रसायनिक मल बिक्री वितरण  गर्दै आइरहेको राष्ट्रसेवक सहकारीको साधारण सभाले  अब अन्य व्यवसया तर्फ पनि सम्भाव्यता अध्ययन गरि कार्य संचालन गर्ने निर्णय गरेको छ ।

साधारण सभामा सहकारीका जेष्ठ सदस्यहरु  आनन्द सिंह बिष्ट र सौशाग्य शाहीलाई सम्मानित गरिएको छ ।

साधारणमा नियमित बचतकर्ता मध्य लक्ष्मी प्रसाद भण्डारी र पुष्पा कमारी नाथ, असल ऋणीमध्य इश्वरीदत्त उपाध्याय र आरती कार्कीसहकारीको श्रीबृद्धिमा योगदान पुरयाएकोमा हरी प्रसाद केसी र लोकराज पनेरुलाई सम्मानित गरिएको छ ।

सो अवसरमा प्रदेश सभा सदस्य थापाले सहकारीले सबै सदस्यको  हितमा रहेर सबैको सहभागितामा अघि बढ्नु पर्ने बताइन् ।

सहकारी बिकासको खम्बा भएको उल्लेख गर्दै प्रदेश सभा सदस्य थापाले सहकारीलाई अझै बिस्तार र बिकास गरेर बिकासको आधार बनाइनु पर्ने बताइन् ।

नेफस्कुनका संचालक दिप्ती शाहीले सदस्यहरुलाईबचतमा केन्द्रित गरेर लगानीमैत्री वातावरण बनाउनु पर्ने बताइन् ।

सहकारीका कावा अध्यक्ष किशोरप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभामा सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगका सदस्य लक्ष्मण खड्का, पेशागत महासंघका सुदुरपश्चिम इन्चार्ज रामचन्द्र जोशी, सहकारीका सल्लाहकारहरु हरि केसी र लोकराज पनेरुले मन्तव्य व्यक्त गरेका थिए । सचिव  नरराज पाण्डेयले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य लेखा समिति सदस्य लक्ष्मी जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

साधारण सभामा सहकारीको रिक्त अध्यक्ष पद र केही सदस्य  पदको चयन प्रकृया पनि अघि बढाइएको छ । शनिबार सहमति हुन नसकेकोले आइतवार रिक्त पदमा निर्वाचन गरेर पदपुर्ति गरिने सहकारीका व्यवस्थापक प्रवेश श्रेष्ठले बताए ।