धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

कञ्चनपुरमा क्वारेन्टिन बसेकी महिलाको करेण्टलागेर मृत्यु

कञ्चनपुरमा क्वारेन्टिन बसेकी महिलाको करेण्टलागेर मृत्यु

धनगढी

 भारतबाट आएर क्वारेन्टिनमा बसेकी महिलाको कञ्चनपुरमा करेन्ट लागेर मृत्यु भएको छ ।

 कञ्चनपुरको कृष्णपुर नगरपालिका६ महाकाली माध्यमिक विद्यालयमा बसेकी २२ वर्षीया राधा वडको करेन्ट लागरे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ती महिलालाई नुहाउने क्रममा करेन्ट लागेको थियो ।

 करेण्ट लागेर घाइते भएकी वडको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक धामीले बताए । ती महिला मंगलबार मात्रै भारतको बैङलोरबाट श्रीमानसँगै कञ्चनपुर फर्केर क्वारेन्टिनमा बसेकी थिइन् ।