धनगढी पोष्ट सोमबार, २१ पुष २०८२   January 5, 2026

सामुदायिक बहुउदेश्यीय सहकारीको साधारण सभा सम्पन्न

सामुदायिक बहुउदेश्यीय सहकारीको साधारण सभा सम्पन्न

धनगढी । सामुदायिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ ।

सो अवसरमा सहकारी अध्यक्ष जनक राज पाण्डेयले सहकारी सदस्य केन्द्रित रहेको र आगामी दिनमा अझै सक्षम बनेर  जाने बताए ।

तीन खम्बे अर्थनितिीको एउटा खम्बा सहकारी  भए पनि त्यसलाई कार्यान्वयन नगरिएको र  सहकारीलाई सदस्य केन्द्रित नबनाउन समस्या आएको बताउँदै अयक्ष पाण्डेले सामुदायिक सहकारीलाई  अझै राम्रो बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।

धनगढी नमुना प्राविधिक माध्यमिक बिद्यालयका प्रधानाध्यापक लक्ष्मण दत्त भट्टले सहकारीलाई  सबै सदस्यलाई जोडेर लैजानु पर्ने बताए ।

सेती  प्रादेशिक अस्पतालका पुर्व मेसु डा. गणेश बहादुर सिंहले सामुदायिक सहकारीलाई अझै सक्रिय र समुदायको आर्थिक आवश्यकता सम्वोधन गर्ने गरि अघि बढाउनु पर्ने बताए ।

सहकारीका अध्यक्ष जनकराज पाण्डेको अध्यक्षतामा भएको र मीन बहादुर धामीले सँचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य  उपाध्यक्ष  कुवेर बहादुर शाहीले व्यक्त गरेका थिए ।  पिपलचौतारा व्यवस्थापन समितिका अध्यक्ष दिनेश बिष्ट र शेयर सदस्य अमर खड्का शुभकामना  मन्तव्य व्यक्त गरेका थिए । 

सो अवसरमा   २०८१।०८२ ) वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष  जनक राज पाण्डेय र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र २०८१।०८२ को लेखा परिक्षण प्रतिवेदन संचालक समिति कोषाध्यक्ष कुन्जा भट्टले प्रस्तुत गरेका थिए ।

सम्मानित

सो अवसरमा बचतकर्ता मध्य मदन राज पाठकऋणकर्ता उजले साउद, बजार प्रतिनिधि कृष्णा ओझा र बजार प्रमुख विष्णा कुमारी चौधरीलाई सम्मानित गरिएको थियो ।