धनगढी पोष्ट
शनिबार, १० माघ २०८२ मा प्रकाशित
पोष्ट संवाददाता
धनगढी । नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक केशव बहादुर केसीले बैंकको एकिन नाफा बाहिर नआउदा आम नागरिकमा भ्रम सिर्जना भइरहेको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औं बार्षिकोत्सव समापन कार्यक्रममा अवसरमा शनिबार सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा निर्देशक केसीले बैंकले अरबौं नाफा कमाएको विवरण बाहिर आउने गरेको भएपनि एथार्थमा कुनै पनि बैंकको नाफा अरबौं नहुने उनले बताए ।
‘यथार्थ विवरण बाहिरा आउनु पर्दथ्यो,’ निर्देशक केसीले भने, ‘तर हाल सम्म यथार्थ विवरण बाहिर आउन सकेको छैन, जसका कारण सेवा ग्राहीमा पनि भ्रम सिर्जना भइरहेको छ, हामीले यथार्थ विवरण बाहिर ल्याउन सक्नु पर्दछ ।’ अहिले बैंकको नामफानै नरहेको उनले बताए । पछिल्लो ६ महिनामा बैंको प्रगति समग्रमा घाटा रहेको उनले बताए ।
उनले बैंकलाई हेर्ने दृष्टि र बुझाई नकारात्मक भइरहेको गुनासो गरे । ‘अहिले बैंक लुट्न आएका हुन भन्ने एक खालको भ्रम फैलाइएको छ,’ केसीले भने, ‘त्यसता भ्रम चिर्न जरुरी छ, बैंक सेवा प्रदायक संस्थाहुन, सेवा गर्दा बचेको थोरै नाफाले कर्मचारी पाल्नुपर्ने कुरा बुझन जरुरी छ ।’ बैंक तथा वित्तीय संस्थाले गलत गरे त्यसको नियमन गर्ने निकाय रहेको उनले बताए ।
उनले कर्मचारीको मनोबल नबढाई कुनै पनि निकायको कार्यक्षमता राम्रो हुन नसक्ने बताए । पछिल्लो समय ऋण प्रवाह खुम्चिदा बैंकको जागिर चुनौतिपूर्ण बन्न थालेको बताए । निर्दशक केसीले राष्ट्रिय वाणिज्य बैंकले छोटो समयमा आफुलाई स्थापित गर्दै प्रतिष्प्रधाको एक नम्बरमा ल्याउन सफल भएको बताए । २०६१÷०६२ सम्म राष्ट्रिय वाणिज्य बैंक घाटामा रहेको भएपनि हाल राम्रो लयमा रहेको उनले बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका लेखा नियन्त्रक वासुदेव जोशीले गुनासा तत्काल सम्बोधन गर्ने वाणिज्य बैंकको सवल पक्षले ग्राहकको आकर्षण बढेको बताए । सुदूरपश्चिम प्रदेश सरकारको कारोवार वाणिज्य बैंकबाटै गर्ने गरेको उनले बताए ।
त्यस्तैै कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका लेखा नियन्त्रक चेतराज जोशीले अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक स्थापना गरिएको स्मरण गरे । प्रबिधिमा आधारित भएर सरल र शुलभ सेवा प्रदान गर्दा राष्ट्रिय वाणिज्य बैंक प्रति नागरिकको भरोसा बढेको उनले बताए । बार्षिकोत्सव समापन समारोहका अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेटका पूर्व उप कार्यकारी अधिकृत महेन्द्र प्रसाद अवस्थी, नेपाल बैंक लिमिटेड सुदूरपश्चिम कार्यालय प्रमुख अम्बिका प्रसाद अिधकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम समापन गर्दै राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख राजेन्द्र आचार्यले आर्थिक बर्ष २०८१÷०८२ को अवधिमा राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिमले २५ अर्ब निक्षप संकलन गर्दै १५ अर्ब ऋण लगानी गरिएको बताए र उनका अनुसार सुदूरपश्चिममा मात्रै राष्ट्रिय वाणिज्य बैंकका २७ शाखा रहेका छन् । डडेल्धुरा बाहेक ८ वटा जिल्लामा दुई वा दुई भन्दा बढी शाखा रहेको उनले बताए । बैंकले सामाजिक कार्य अन्तरगत गाउँगाउँमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै आएको उनले बताए । राष्ट्रिय वाणिज्य बैंक प्रति भरोसा बढाउन थप मेहनत गर्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालय धनगढीकी उप प्रबन्धक उषा भट्टले सञ्चालन गरेको कार्यक्रममा प्रदेश कार्यालयका उप प्रमुख केशव राज खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उत्कृष्ट ग्राहक तथा कर्मचारी सममनित
धनगढी । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औं बार्षिकोत्सव कार्याक्रमका अवसरमा वैकका उत्कृष्ठ सेवा ग्राही तथा कर्मचारी र पूर्व कर्मचारी एवं विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय स्थान हाँशील गर्ने खेलाडीलाई सम्मान गरिएको छ ।
बैकले निक्षप तर्फ ओजराज पाठक, चेतराज भण्डारी, चुवाई बदर्शका प्रोप्राइटर डिलमाया खनाल, गौरी शिवशंकर विजनेशका जयतु स्वाँर, निर्मला कुमारी बोहरालाई सम्मान गरेको छ । त्यस्तै अत्तरिया शाखाका यम प्रशाद भन्डारी, यज्ञ राज पनेरु लगायतलाई सम्मान गरिएको थियो ।
बार्षिकोत्सव कार्यमका अवसरमा बैंकले पूर्व कर्मचारी, उत्कृष्ठ कर्मचारी लाई पनि सम्मान गरेको थियो । त्यस्तै बार्षिकोत्सव कार्यक्रमको पूर्व सन्ध्यामा आयोजित खेलकुद कार्यक्रममा उत्कृष्ट भएका खेलाडी तथा टीमलाई पनि समापन कार्यक्रमका अवसरमा प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको हो ।