धनगढी पोष्ट मङ्गलबार, २० माघ २०८२   February 3, 2026

वेष्टर्न क्रिष्टल एकेडेमीको १६ औं वार्षिक खेलकुद साता शुरु

खेलकुद सातामा विद्यालयका सबै बिद्यार्थीहरुको सहभागिता गराइनेछ ।

वेष्टर्न क्रिष्टल एकेडेमीको १६ औं वार्षिक खेलकुद साता शुरु

धनगढी । वेष्टर्न क्रिष्टल एकेडेमी धनगढीले आफ्नो १६ औं वार्षिक खेलकुद साता २०८२ सोमबार धनगढीमा शुरु गरेको छ । बिद्यार्थीको सर्वाङ्गीण बिकास लागि खेलकुद साता आयोजना गरिएको बिद्यालयले जनाएको छ ।

माघ २३ गतेसम्म सँचालन हुने खेलकुद सातामा भलिबल, फुटबल, क्रिकेट, दौड, डिजिटल चेयर   शारिरीक र मानसिक क्षमता अनुसारका खेलकुद खेलाइने छन् ।

खेलकुद सातामा विद्यालयका सबै बिद्यार्थीहरुको सहभागिता गराइने बिद्यालयकी सँस्थापक एवम प्रिन्सिपल निर्मला खड्का कुवरले बताइन् । ‘कक्षा कोठाको पढाईले मात्र बिद्यार्थीको सर्वाङ्गीण बिकास  हुदैन । बिद्यार्थीको सर्वाङ्गीण बिकास लागि खेलकुद साता आयोजना गरिएको हो ।’ प्रिन्सिपल निर्मला खड्का कुवरले भनिन्  ‘खुलकुद सातामा  प्रत्येक बिद्यार्थीको कम्तिमा एक  खेलमा सहभागिता हुने कुराको हामी सुनिश्चित गर्छौ ।’

प्रिन्सिपल कुवरले एक दुइ दिन मात्र खेलकुद संचालन गर्दा सबै बिद्यार्थीहरु  सहभागी हुन नपाउने भएकाले पाँच दिनसम्मा खेलकुद साता सँचालन गरिएको हो । खेलकुद साताभरि पढाईका कृयाकलाप रोकेर  धनगढी उपमहानगपालिका वडा नम्ब३ को कार्याय नजीकै रहेको मैदानमा खेककुद कार्यक्रमहरु सँचालन गरिन्छन् ।

खेकुदले समुह भावनाको बिकास पनि गर्ने भएकोले र कक्षामा सक्रिय नहुने बिद्यार्थी पनि खेलकुदमा रमाउने भएको खेलकुद आवश्यक रहेको प्रिन्सिपल कुवरको बुझाई छ । 

बिद्यालयका सँचालक ललितराज पन्त निरोगी र स्वच्छअहुन पनि खेलकुदको भुमिका हुने, अनुशासित बनाउने र गलत काममा लाग्नबाट बचाउने भएकाले खेलकुद सप्ताहको आयोजना गरिएको बताउँछन् । विद्यालयले वार्षिक कार्यक्रम नै बनाएर पढाईसँगै अतिरिक्त कृयाकलापहरु सँचालन गर्ने गरिएको बताउँछन् ।

साताको पहिलो दिन सबै कक्षाका बिद्यार्थीहरुले ड्रिल प्रस्तुत गरेका थिए ।

खेलकुद साताको पुर्व क्षेत्रीय शिक्षा निर्देशक नन्दराज पन्तले उद्घाटन गरेका हुन् । सो अवसरमा पुर्व क्षेत्रीय शिक्षा निर्देशक पन्तले आफु वेष्टर्न क्रिष्टलको शुभेच्छुक भएको र नियमित सम्पर्कमा रहेको बताउँदै वेष्टर्न क्रिष्टलले बिद्यार्थीको प्रतिभाको विकासको लागि शैक्षिकसँगै  अतिरिक्त कृयाकलापमा जोड दिनु राम्रो काम भएको बताए ।

प्याब्सन धनगढी नगर कमिटीका अध्यक्ष ध्रुव बहादुर सिंहले खेलकुद सातामा सबै बिद्यार्थीको सहभागिता गराउने कार्य अत्यन्तै सही  काम लागेको बताउँदै यसलाई अरु बिद्यालयहरुले पनि सिक्नु पर्ने बताए ।

बिद्यालयका सँचालन ललितराज पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सँचालन शिक्षक  नर्मदा भट्टले गरेकी थिइन् । ।