धनगढी पोष्ट मङ्गलबार, २० माघ २०८२   February 3, 2026

लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस  : मुख्यमन्त्री शाह

लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस  : मुख्यमन्त्री शाह

कैलाली  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ ले लम्कीमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले वर्तमान अवस्थामा लोकतन्त्र चुनौतीमा परेकाले यसको रक्षाका लागि नेपाली कांग्रेसको बहुमत अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
उहाँले पार्टीभित्रका आन्तरिक विभिन्न मतभेदलाई थाती राखी अहिलेको आवश्यकता एकता रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई एकजुट भई नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आह्वान गर्नुभयो ।

मुख्यमन्त्री शाहले फागुन २१ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने भुमिकामा प्रदेश सरकार रहेको बताउनु भयो ।