धनगढी पोष्ट
बिहिबार, २२ माघ २०८२ मा प्रकाशित
धनगढी । धनगढी स्थित इकाउर सवारीको आधिकारिक विक्रेता नवदुर्गा टेक्नोलोजी प्रालिले बहु प्रतिपक्षत इलेक्ट्रिक सवारी एसयुभीको (SUV) सार्वजनिक गरेको छ । सुदूरपश्चिमको भुगोल सहायदो उक्त सवारीलाई बिहीबार एक कार्यक्रमका विच नवदुर्गा टेक्नोलोजीले सार्वजनिक गरेको हो । कार्यक्रममा नवदुर्गा टेक्नोलोजी प्रा. लि.का प्रबन्ध निर्देशक प्रदीप जोशी, स्थानीय सञ्चारकर्मी, प्रतिष्ठित ग्राहकहरूका साथै एसपीजी अटोमोबाइल्स प्रा. लि. का प्रतिनिधिको उपस्थिति रहेको थियो ।
वर्न टू प्ले भन्ने वैश्विक दर्शन अन्तर्गत डिजाइन गरिएको इकाउर–भी२३ - iCAUR V@#_ एक रेट्रो–प्रेरित, पूर्ण–विद्युतीय अफ–रोड एसयूभी हो, जसले क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट मिश्रण प्रदान गर्दछ । एसयूभीको बजार मुल्य तत्कालका लागि ४९ लाख ९९ हजार निर्धारण गरिएको जनाइएको छ ।
एसयूभीमा ५९ दशमलव ९३ किलोवाटको LFP ब्याट्री र एक सय किलोवाटको मोटर रहेको छ, जसले एक पटकको फुल चार्जमा चार सय एक (४०१) किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने गरेको कम्पनिले जनाएको छ ।