धनगढी पोष्ट
शुक्रबार, २३ माघ २०८२ मा प्रकाशित
धनगढी । विद्यार्थीको शारीरिक स्वास्थ्य, बौद्धिक क्षमता विकास तथा राष्ट्रका लागि खेलकु भन्ने मान्यताका साथ वेस्टर्न क्रिस्टल एकेडेमी धनगढीको १६ औं बार्षिक खुलकुद सप्ताह शुक्रवार सम्पन्न भएको छ । पाँच दिन सँचालन गरिएको खेलकुद सप्ताहमा बिद्यालयका अधिकांश बिद्यार्थीहरुले कुनै न कुनै कार्यक्रममा सहभागिता वेष्टर्न क्रिष्टलले जनाएको छ ।
बिद्यार्थीको सर्वाङ्गीण बिकास लागि आयोजना गरिएको खेलकुद सातामा भलिबल, फुटबल, क्रिकेट, दौड, डिजिटल चेयर शारिरीक र मानसिक क्षमता अनुसारका खेलकुद खेलाइएका छन् ।
खेल सप्ताहको समापन कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले वेष्टर्न क्रिष्टलका गतिविधिबारे आफु जानकार रहेको बताउँदै क्रिष्टलको प्रयास अति सह्राहनिय भएको बताए ।
बालबालिकाहरुको राम्रो भविष्यका लागि बिद्यालयले मात्र गरेर नहुने बताउँदै अध्यक्ष ऐरले अभिभावकाले पनि आफना नानी बाबुहरुको बारेमा ख्याल गर्नु पर्ने र विद्यालयसँग मिलेर अघि बढ्नु पर्ने अध्यक्ष ऐरले बताए ।
बिद्यालयकी संस्थापक÷प्रिन्सिपल उर्मिला कुवरले बिद्यार्थीहरुको चौतर्फी बिकासका लागि बिद्यालय प्रयत्नरत रहेको बताए । सबै बिद्यार्थी एउटै स्वभाव र क्षमताका नहुने भएकोले सप्ताहमा सबै बिद्यार्थीको सहभागिता बनाइएको कुवरले बताइन् ।
माघ १९ गतेदेखि सुरु भएको खेलकुद सप्ताह अन्तर्गत विभिन्न खेलकुद विधामा सहभागी विद्यार्थीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
खेलकुद सप्ताह समापन कार्यक्रममा बिद्यालयका सँस्थापक ललितराज पन्तको अध्यक्षतामा भएको थियो ।