धनगढी पोष्ट बिहिबार, २९ माघ २०८२   February 12, 2026

प्रहरी हवल्दार हत्या प्रकरण मुख्य आरोपि भनिएका आशिष पक्राउ

प्रहरी हवल्दार हत्या प्रकरण मुख्य आरोपि भनिएका आशिष पक्राउ

दार्चुला । सामुदायिक प्रहरी सेवा केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका अर्का एक आरोपित पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार भनिएका आशिष पाल पक्राउ परेका हुन् ।

जिल्ला  प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरब महतका अनुसार आशिष  पाललाई दुहुँ गाउँपालिकाको जंगलबाट पक्राउ गरिएको हो । प्रहरीले मंगलबार राति राजेन्द्र डडाललाई  नौगाडको होपरिगाडबाट पक्राउ गरिएको थियो ।

घटनामा संग्लन रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो । घटनामा संलग्न रहेका पूजा बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल भने अझै फरार रहेको डीएसपी महतले बताए । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । मृतकको शवको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरेर अन्तिम दाहसंस्कार गरिएको छ ।

प्रहरी हवलदार घर्तीको टाउकोमा आठ वटा ठाउँमा धारिलो हतियार प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पताल दार्चुलाका डाक्टर रविन्द्र भट्टराईका अनुसार, मृतकको टाउकोमा पछाडिबाट हतियार प्रहार गरिएको छ ।