धनगढी पोष्ट
बुधबार, २८ माघ २०८२ मा प्रकाशित
धनगढी । धार्मिक अगुवाले बाल विवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका छन् । बुधबार धनगढी–१३ स्थित निङ्ला शैनी गुरुकुल विद्यापिठमा आयोजित बाल विवाहमुक्त नेपाल अभियान कार्यक्रममा सहभागि धार्मिक अगुवा तथा पुरोहितले बाल विवाह अन्त्यका लागि प्रतिबद्ध भएर लागने प्रतिद्धता जनाएका हुन् ।
नेपाल सरकारको सन २०३० सम्म देशलाई बाल विवाह मुक्त बनाउने लक्षलाई सफल बनाउन जस्ट राईट फर चिल्ड्रेनको आर्थिक सहयोगमा ब्याक वार्ड सोसाईटी एजुकेसन (वेस)ले कैलाली कञ्चनपुरका १९ पालिकामामा ‘बाल विवाह मुक्त नेपाल’ अभियान सञ्चालन गरेको छ ।
सो अभियान अन्तरगत बुधबार धनगढी–१३ मा धार्मिक अगुवासंग कार्यक्रम आयोजना गरिएको अभियानका कार्यक्रम अधिकृत अमृत पण्डितले बताए । वैवाहीक कार्यमा पुरोहितको भूमीका हुने भएकाले उनिहरुलाई सचेत गराउँदै बाल विवाह अन्त्यका लागि कार्यक्र सञ्चालन गरिएको पण्डितले बताए । कार्यक्रममा पण्डितले बाल विवाह गर्दा पर्न सक्ने सामाजि असर, स्वास्थ्य जोखिम र कानूनी प्रावधानका बारेमा जानकारी गराएका थिए ।
निङलासैनी गुरुकुल विद्या पिठका शिक्षक रामप्रसाद भण्डारीले बाल विवाह हुदा आमा र शिशुको स्वास्थ्यमा समस्या हुने बताए । त्यस बाहेक कानूनी बन्देजका कारण बाल विवाह गरे कानूनी फन्दामा परिने हुदा त्यता कार्य नगर्न र पुरोहितलाई पनि त्यसता कार्यमा संलग्न नहुन अनले आग्रह गरे । पछिल्लो समय सानै उम्मेरमा प्रेम विवाह हुने क्रम बढेको बताउँदै शिक्षक भण्डारीले त्यसता कार्य रोक्न सचेतना फैलाउनुपर्नेमा जोड दिए । सानै उम्मेरमा विवाह पछि कतिपय अवस्थामा सम्बन्ध विच्छेद हुने गरेको भन्दै उनले सम्बन्ध विच्छेदका कारण सामाजमा नराम्रो असर परिरहेको बताए ।
कार्यक्रममा धार्मिक अगुवा, पुरोहित तथा गुरुकुल विद्या पिठका बटुकको सहभागिता रहेको थियो । कार्यक्रम अधिृत अमृत प्रसाद पण्डितका अनुसार परियोजनाले कैलाली, कञ्चनपुरका सार्वजनिक स्थलमा बाल विबाह विरुद्ध सचेतनामुल भित्तेलेखन गर्ने, वाल विबाहको तथ्यांक संकलन गरी सहयोग चाहिएका बालबालिकालाई मानसिक तथा कानूनी सहयोग प्रदान गर्ने कार्य गर्दै आएको छ । कैलाली कञ्चनपुरका विभिन्न सरोकारवाला निकाय र समुदाय संग भियान सञ्चालन गरी बालविबाल बिरुद्ध ऐकिबद्धता जनाउने कार्य सम्पनन भएको कार्यक्रम अधिकृत पण्डितले बताए । उनका अनुसार करिव १० हजार जना अभियानमा सहभागि भई बाल विबाह विरुद्ध प्रतिबद्धता जनाएका छन् ।