धनगढी पोष्ट शनिबार, ०२ फागुन २०८२   February 14, 2026

निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न दलहरुको प्रतिवद्धता

सामुदायिक बिकाश केन्द्र (सिडिस) ले शुक्रवार धनगढीमा आयोजना गरेको निर्वाचन र बालबालिका बिषयक अन्तरक्रिय कार्यक्रममा दलहरुले बालबालिकहरु शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई सम्मन गर्दै दलहहरुले सात बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।

निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न दलहरुको प्रतिवद्धता

धनगढी । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको प्रचारप्रसारका क्रममा बालबालिकाहरुको प्रयोग नगर्ने प्रतिवद्धता राजनीतिक दलहरुले गरेका छन् । सामुदायिक बिकाश केन्द्र (सिडिस) ले शुक्रवार धनगढीमा आयोजना गरेको निर्वाचन र बालबालिका बिषयक अन्तरक्रिय कार्यक्रममा दलहरुले बालबालिकहरु शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई सम्मन गर्दै दलहहरुले सात बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । 

दलहरुको प्रतिवद्धतापत्रमा भनिएको छ  ‘निर्वाचन अवधिमा प्रचलित निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गर्दै बालबालिकालाई कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार, रयाली, पोष्टर टास्ने, रङ्ग लगाउने तथा अन्य राजनीतिक गतिविधिमा प्रयोग नगर्ने र गराउन नदिने प्रतिवद्धता व्यक्त गर्दर्छौं ।’

सामाजिक सञ्जाल मार्फत बालबालिकाको प्रयोग गरि राजनैतिक प्रचारप्रसारको लागि सामाग्री बनाउने र बनाएका सामाग्री पोष्ट गर्ने, शेयर गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्दै  प्रतिवद्धता पत्रमाभ भनिएको छ ‘राजनैतिक दल तथा नेतृत्वले व्यक्त गर्ने बिचार, अभिव्यक्ति तथा स्वतन्त्र आलोचनाका क्रममा कुनै पनि बर्ग, समुदाय वा क्षेत्रका बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर  पार्ने खालका भनाई, उखान टुक्का तथा अपमानजनक शब्दहरुको प्रयोग गर्ने छैनौं ।’

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य निपा चोखाल, नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य राजेश खाती, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रियद सदस्य प्रेम बिसी र राष्टिय स्वतन्त्र पार्टीका धनगढी नगर कमिटीका अध्यक्ष तुलाराम खनालले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बिद्यालय  र बालबालिका  शान्ति क्षेत्र हुन् भन्ने अवधारणालाई आत्मसात गर्दै बिद्यालय परिसरभित्र कुनै  पनि राजनैतिक दलका कार्यक्रम सँचालन नगर्ने र बालबालिकालाई राजनैतिक दलको आवद्धताका आधारमा पक्ष वा बिपक्षमा सहभागी गराउने कार्य नगर्ने प्रतिवद्धता दलहरुले गरेका छन् ।

घरपरिवार, समाज र बिद्यालयमा कुनै पनि बहानामा बालबालिकामाथि हुने शारिरीक, मानसिक, भावनात्मक हिंसा यौन दुव्र्यवहार र शोषण, वेवास्ता तथा भेदभाव जस्ता हिंसात्मक कार्य नगर्ने, हुन नदिने, बालबालिकाको सर्वोत्तम हित, समग्र विकास, अधिकार र संरक्षण गुणस्तरिय तथा समावेशी शिक्षा, अर्थपुर्ण सहभागिता र सुरक्षा सुनिश्चित गर्न स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकार समक्ष आवश्यक नीति, कानुन तर्जुमा तथा पर्याप्त बजेट विनियोजना लागि पहल गर्ने दलहरुको प्रतिवद्धता पत्रमा उल्लेख छ  ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट  कैलाली ५ का प्रतिनिधि सभा सम्मेदवार आनन्द बहादुर चन्दले कानुनको आफ्नो पार्टी कानुनको पालनमा प्रतिवद्ध रहेको बताउँदै बालबालिकहरुको निर्वाचनसँग जोडिएका क्रियाकलापमा प्रयोग नगर्ने कुरामा प्रतिवद्ध रहेको बताए ।

सामुदायिक बिकाश केन्द्र (सिडिसी) डोटीका सहसचिव टेकराज अबस्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिडीसीका कार्यकारी निर्देशक   हेमराज जोशी  कार्यक्रमको उदेश्य  बताएका थिए भने कार्यक्रमको सँचालन एकराज बडुले  गरेका थिए । कार्यक्रममा राष्टिय मानव अधिकार आयोगका बिदेश चौधरीले बालबालबालिका र मानव अधिकारबारे  प्रस्तुति गरेका थिए ।