धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

वडा अध्यक्षले चलाएको जीपको ठक्करबाट महिलाको मृत्यु

वडा अध्यक्षले चलाएको जीपको ठक्करबाट महिलाको मृत्यु

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–७ का दिपेन्द्र बहादुर वमले चलाएको गाडीको ठक्करबाट सोही पालिकाकी एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार कैलारी गाउँपालिका वडा नम्बर १ स्तिथ हुलाकी राजमनर्गमा वडा अध्यक्ष्य वमले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडीले कैलारी–५ कि अन्दाजी ३५÷३६ बर्षिया ईप्सा चौधरीले चलाएको से ५ प २७८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । जीपको ठक्करबाट चालक ईप्सा चौधरी गम्भीर घाईते भई उपचारका लागि धनगढी ल्याउदा स्वास्थ्यकर्मिले मृत घोषणा गरेका हुन्  । दुर्घटनामा परी जीप चालक वडा अध्यक्ष वम सहित गाडीमा सवार वडा नम्बर ७ कै ५० बर्षिय तारा चौधरी, ३४ बर्षिय बलिराम चौधरी, ३१ बर्षिय कमलेस चौधरी घाईते भएका छन् । घाईतेको धनगढीका विभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कर्यालय कैलालीका प्रबक्ता डिएसपि  योगेन्द्र तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसरा जीप चालक रहेका वडा अध्यक्ष वमलाई प्रार्थमिक उपचार पछि प्रहरी हिरासतमा राखिएको छ ।