धनगढी पोष्ट
आइतबार, १० फागुन २०८२ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर–४ मा उम्मेदवार रहेका नरनारायण शाह (मनू)को आधिकारिक चुनावी गीत सार्वजनिक भएको छ ।
‘युवाको आशा’ बोलको गीत सार्वजनिक गर्दै मनूले चुनावी अभियान थप प्रभावकारी हुने बताएका छन् । गायक गीतकार तथा संगीतकार कमल रेग्मीको रचना तथा संगीतमा तयार भएको गीतमा स्वयम् रेग्मी र राजु चौधरी लगायतका कलाकारले स्वर दिएका छन् । गीतको कम्पोज र एरेन्ज राजु चौधरीले नै गरेका हुन् । नेपाली र थारु भाषामा मिश्रित रुपमा आधुनिक शैलीमा तयार गरिएको गीतमा युवा पुस्ताको भावना, परिवर्तनको चाहना र विकासप्रतिको आकांक्षा समेटिएको छ । ‘मनु’ ले युवाको ऊर्जा र सपनालाई केन्द्रमा राखेर गीत निर्माण गरिएको बताउँदै यसले अभियानलाई जनस्तरसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले चुनावी अभियानलाई सिर्जनात्मक र सकारात्मक बनाउने उद्देश्यले गीत सार्वजनिक गरिएको बताए । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया आउन थालेका छन् । समर्थक तथा स्थानीय युवाहरूले गीतले परिवर्तन र विकासको सन्देश बोकेको बताएका छन् । चुनावी माहोललाई उत्साहपूर्ण बनाउन गीत प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ ।