बिपक्षी पार्टीका उम्मेदवारसँग मिलेर आप्mनै पार्टीका कार्यकर्तालाई रकम बितरण गरिरहेका आप्mना एक कार्यकर्तालाई नेपाली कांग्रेस बैतडीले पार्टीबाट कारवाही गरेको छ । प्रहरीले नगर रकम र निर्वाचन सामाग्री सहित पक्राउ गरेपछि नेपाली काँंग्रेसले दोगडाकेदार गाउँपालिका–३ खोचलेकका ५२ बर्षीय भानदेव भट्टलाई साधारण सदस्यबाट कारवाही गरेको हो ।
भट्ट नेपाली कांग्रेसका क्रियाशील सदस्य एव नेपाल किसान संघ बैतडीका अध्यक्ष हुन् । नेपाली कांग्रेस बैतडीले भट्ट एमालेका उम्मेदवारसँग मिलेर रकम बाडिरहेको भन्दै निगरानी गर्न बैतडीका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार आग्रह गरेको थियो । सोही आग्रहपछि प्रहरीले भट्टलाई नगद रकम र निर्वाचन सामाग्री सहित पक्राउ गरेको हो ।
उनको साथबाट नगद ७९ हजार पाँच सय र निर्वाचन प्रशिक्षण सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । निर्वाचनको मौन अवधिमा नगद रकम र नमूना मतपत्रसहित फेला परेपछि भट्टलाई सशस्त्रको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो ।
पक्राउ परेका भट्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । प्रहरी निरीक्षक सिंहले भने, ‘सशस्त्र प्रहरीको गस्ती टोलीले भट्टलाई नगद र निर्वाचन प्रशिक्षण सामग्रीसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गरिरहेका छौं ।’
भट्ट पक्राउ गरेको लगत्तै बैतडी कांग्रेसको अनुशासन समितिले पार्टीकोसाधारण सदस्यबाट कारवाही गरेको हो । भट्ट नेकपा एमालेका उम्मेदवारलाई भोट मागिरहेको प्रमाण् सहित पुष्टि हुन आएकोले पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित गरिएको नेपाली कांग्रेस बैतडीका अनुशासन समितिका संयोजक देव राज जोशीले जनाएका छन् ।
