धनगढी पोष्ट
शुक्रबार, २२ फागुन २०८२ मा प्रकाशित
धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । शुरुमा पछाडी रहेको रास्वपाकी कोमल ज्ञवालीले अहिले १५७१ मतका साथ नेपाली कांग्रेलाई पछाडी पारेर अग्रता लिएकी छन् ।
नेपाली कांग्रेसका जनक चौधरी १४३४ मतका साथ रास्वपालाई पछ्याइरहेका छन् । नेकपा एमालेका द्धारिका प्रसाल तिमिल्सेनाले ४९५, नेपाल कम्युनिष्ट पार्टीका रामलाल डगौरा थारुले ४४४ र उज्यालो नेपाल पार्टीका प्रदिप कुमार चौधरीले २४७ मत प्राप्त गरेका छन् ।
राष्टिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुवरले १५९ मत र प्रगतिशील लोकतान्कि पार्टीका जनक राज शाहले ४६ प्राप्त गरेका छन् ।