धनगढी पोष्ट
शुक्रबार, २२ फागुन २०८२ मा प्रकाशित
कैलाली ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले गणना शुरु भएदेखिको अग्रता कायमै राखेका छन् । ७९१६ मतका गणना हुदासम्म रास्वपाका चन्दले नेपाली कांग्रेसका नरनारायण शाह मनु भन्दा २४६९ बढी मतले अग्रता कायम राखेका छन् ।
रास्वपाका चन्दले ३९४४ र कांग्रेसका शाहले १४७५ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका यज्ञराज ढुंगानाले ८४६ र नेकपाका प्रेम आलेले ७८७ मत पाएका छन् ।
