धनगढी पोष्ट
शनिबार, २३ फागुन २०८२ मा प्रकाशित
धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेका निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।
सो क्षेत्रबाट नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले १० हजार ८२७ मत, नेकपा (एमाले)का बचनबहादुर सिंहले छ हजार ४१८ मत प्राप्त गरेका छन् ।