धनगढी पोष्ट आइतबार, २४ फागुन २०८२   March 8, 2026

भीम रावललाई हराउँदै अछाम–१ मा नेपाली काँग्रेसका स्वाँर विजयी

भीम रावललाई हराउँदै अछाम–१ मा नेपाली काँग्रेसका स्वाँर विजयी

अछाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार भरत कुमार स्वाँर विजयी भएका छन् । उनले १० हजार ७ सय ५८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार भीमबहादुर रावललाई पराजित गरेका हुन् । रावलले १० हजार २ सय ३० मत प्राप्त गरेका छन् । स्वाँरले रावललाई ५ सय २८ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । यसैगरी नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् ।