धनगढी पोष्ट
शुक्रबार, २० चैत २०८२ मा प्रकाशित
धनगढी । धनगढी ७ देवहरिया स्थित दाइजो कृषि सहकारी संस्था लिमिटेडले शिव माध्यमिक बिद्यालय देवहरियाका १० जना बिद्यार्थीलाई १० हजारको शैक्षिक सामाग्री प्रदान गरेको छ ।
६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दाइजो कृषि सहकारीले सो बिद्यालयका गरिब, जेहेन्दार दलित बिद्यार्थीलाइ शैक्षिक सामाग्री प्रदान गरेको हो ।
सहकारीका अध्यक्ष कालिराम राना, सचिव दिपकराज जोशी, व्वस्थापक वासुदेव रानाले बिद्यालयका प्रधानाध्यापक नन्दलाल रानालाई सो सामान हस्तान्तरण गरेका हुन् ।