धनगढी पोष्ट
शनिबार, २८ चैत २०८२ मा प्रकाशित
धनगढी । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलालीको २८ औ वार्षिक साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ । सभामा वक्ताहरुले सुदुरपश्चिमको अन्धोपन न्युनीकरणमा प्राप्त उपलव्धिमा गर्व गर्नु पर्नेमा जोड दिएका छन् ।
…सुदुरपश्चिममा अन्धोपन कम हुनु आँखा क्षेत्रमा लागेका सबैको लागि खुशीको कुरा हो ।Ú नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवम सुदुरपश्चिम प्रदेश अध्यक्ष चक्र बहादुर सिंहले भने …सुदुरपश्चिम निकै विकट भएकै बेला शुरु भएको अन्धोपन न्युनीकरणको काम सफल हुनु कम खुशीको कुरा हैन ।Ú
सन् १९८० मा गरिएको सर्वेक्षणमा सुदुरपश्चिममा सबै भन्दा बढी अन्धोपन पाइएको थियो । सुदुरपश्चिमको अन्धोपन न्युनीकरण गर्न काठमाण्डौ बाहिर पहिलो पटक २०३५ सालमा नेत्रज्योति संघको जिल्ला शाखा कैलालीमा गठन गरिएको थियो भने १९८१ मा गेटा आखा अस्पतालको स्थापना गरिएको थियो । गेटा आखा अस्पताल काठमाण्डौ बाहिर संचालन गरिएको पहिलो आखा अस्पताल हो ।
नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य दिव्य प्रसाद पन्तले नेत्रज्योति संघले बिदेशमा नेपालीहरु रहेका ठाउँहरुमा पनि संघको शाखा गठन गरि नेपालीहरुलाई आखा उपचारको सेवा दिन लागेको बताए । बिदेशमा रहेका नेपाली आखा चिकित्सकहरुको सहयोगमा आखा उपचारको सेवा शुरु भएको केन्द्रिय सदस्य पन्तले बताए ।
गेटा आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुरेश राज पन्तले सन् १९८० मा सबै प्रदेश भन्दा बढी सुदुरपश्चिममा १.०२ प्रतिशत अन्धोपन रहेकोमा सन् २०२१ मा गरिएको सर्वेक्षणमा सुदुरपश्चिमा सबै प्रदेश भन्दा कम ०.२१ प्रतिशत मात्र अन्धोपन पाइएको बताए ।
…आखाको सेवामा लागेको नेत्रज्योति संघ र गेटा आखा अस्पतालका लागि यो सबै भन्दा ठुलो खुशीको कुरा हो ।Ú चिफ मेडिकल डाइरेक्टर डा. पन्तले भने …संघले आखाको क्षेत्रमा प्रवाह गरेको सन्देश र अस्पतालको प्राविधिक सेवाको यसमा भुमिका छ ।Ú
चिफ मेडिकल डाइरेक्टर डा. पन्तले आखाको अन्धोपना न्युनीकरण गर्न गेटा आखा अस्पतालले आफना ३० इकाइहरु मार्फत नियमित आखा उपचारको सेवा बाहेक प्रदेशका सबै जिल्लामा निःशुल्क आखा उपचार शिविर संचालन गरिरहेको बताए । चालु आर्थिक बर्ष २०८२।८३ को हालसम्म प्रदेशका २९ स्थानमा आखा शिविर संचालन गरि १४७२४ जनालाई निःशुल्क सेवा प्रदान गरिएका मध्य १६०२ जनाको निःशुल्क शल्यक्रिया गरिएको बताए ।
डा. पन्तका अनुसार गत बर्ष आँखा अस्पताल र उपचार केन्द्रहरुबाट प्रदेशका ४०८ बिद्यालयका ८६,६४३ विद्यार्थीको आँखा परिक्षण गरिएको र त्यसमध्य १२८० जनालाई निःशुल्क चश्मा प्रदान गरिएको थियो ।
सुदुरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रसम्म जनचेतना जगाई आँखा उपचार सेवामा पहुँच बढाउन महिला स्वास्थ्य स्वयमसेविका, शिक्षक र स्वास्थ्यकर्मीहरुका लागि अाँखा सम्वन्धी तालिम संचालन गर्दै आइरहेको डा. पन्तले बताए ।
नेपाल नेत्रज्योति संघ कैलालीका सभापति लोकराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल नेपाल का डिष्टिक्ट गभर्नर सी बी चन्द, समानित व्यक्तित्वहरु लक्ष्मीकान्त ढकाल र गणेश चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा आखा उपचार सेवाको विस्तारमा योगदान पुरयाएकोमा संघको कार्यसमितिका पुर्व सदस्य एवम सचिव लक्ष्मीकान्त ढकाल, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी लाई सम्मानित गरिएको थियो ।
त्यस्तै गेटा आँखा अस्पतामाल ३० बर्ष भन्दा बढी अवधिदेखि सेवा प्रदान गरिरहेका कर्मचारीहरु गणेश बहादुर चौधरी, इन्द्र बहादुर गुरुङ, अमृता कुमारी चौधरी, कोयल चौधरी सम्पति चौधरीलाई नगद सहित सम्मानित गरिएको थियो ।
संघका सचिव नेत्र प्रसाद शर्माले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यज्ञ चौधरीले व्यक्त गर्नु भएको थियो भने संघको प्रतिवेदन तथा आगामी कार्यक्रम सचिव शर्माले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष केडी भट्टले प्रस्तुत गर्नु भएको थियो ।