धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

गेटा आखा अस्पतालमा एमडी अप्थाल्मोलोजी (नेत्र बिशेषज्ञ) को   पढाई शुरु

गेटा आँखा अस्पातलमा गत साउनदेखि  एम.डी. अप्थाल्मोलोजीको पढाई भैरहेको हो । अहिले सरकारी छात्रबृत्तिमा एक जनाले अध्ययन गरिरहेका छन् ।  एमबीबीएसपछि  पढाई हुने एम.डी. अप्थाल्मोलोजी तीन बर्षको छ । गेटा आँखा अस्पतामाल यो पढाई सकेपछि सरकारले तोकेको ठाउँमा दुई ब

गेटा आखा अस्पतालमा एमडी अप्थाल्मोलोजी (नेत्र बिशेषज्ञ) को   पढाई शुरु

धनगढी । नेपाल नेत्र ज्योति संघद्धारा संचालित गेटा आखा अस्पतालमा एमडी अप्थाल्मोलोजी (नेत्र बिशेषज्ञ) को   पढाई शुरु भएको छ ।  राष्ट्रिय चिकित्सा बिज्ञान प्रतिष्ठान (नाम्स) बीर अस्पतालको सम्वन्धनमा  गत साउनदेखि गेटा आखा अस्पतालमा एमडी अप्थाल्मोलोजीको पढाई भैरहेको हो ।

गेटा आखा अस्पतालमा एम.डी. अप्थाल्मोलोजीको पढाई शुरु भएको नौ महिना पुग्यो ।’ गेटा आखा अस्पतालमा चिफ मेडिकल डाइरेक्टर डा. सुरेश पन्तले भने ‘सरकारको पुर्ण छात्रबृत्तिमा  पढाई भैरहेको छ ।’

गेटा आँखा अस्पातलमा गत साउनदेखि  एम.डी. अप्थाल्मोलोजीको पढाई भैरहेको हो । अहिले सरकारी छात्रबृत्तिमा एक जनाले अध्ययन गरिरहेका छन् ।  एमबीबीएसपछि  पढाई हुने एम.डी. अप्थाल्मोलोजी तीन बर्षको छ । गेटा आँखा अस्पतामाल यो पढाई सकेपछि सरकारले तोकेको ठाउँमा दुई बर्ष काम गर्नु पर्छ ।

एम.डी. अप्थाल्मोलोजीकको पढाई शुरु गरेसँगै  गेटा आँखा अस्पताल क्लिनिकल सेवाबाट एकेडेमिक सेवामा पनि प्रवेश गरेको छ ।  एमडीको पढाई शुरु गरेपछि अस्पतालमा नेत्र बिशेषज्ञको  अभाव कमी हुने अपेक्षा अस्पतालको छ ।

यसले  गेटा आखा अस्पतालको श्रमशक्तिको अभाव कमी हुन्छ, अहिले राजधानीबाट टाढा भएकोले धेरै जसो  बिशेषज्ञहरु यहा आउन मान्दैनन् ।’ चिफ मेडिकल डाइरेक्टर डा. पन्त  भन्छन् ‘अस्पतालमा एकेडेमिक सेवा पनि भएपछि प्mयाकल्टी पोजिशन पाइने हुनाले  केही आकर्षक पनि हुन्छ र दक्ष जनशक्तिको आकर्षण हन्छ ।’

 सुदुरपश्चिममा  अन्धोपन न्युनीकरण गर्ने उदेश्यले २०३७ सालमा नेपाल नेत्रज्योति संघले गेटा आखा अस्पतालको संचालन गरेको हो ।

नेपाल नेत्रज्योति संघले २०१९ मा बनाएको पञ्चवर्षीय योजनामा गेटा आखा अस्पतालमा एकेडेमिक सेवा पनि शुरु गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको भन्दा एक बर्ष ढिलो गेटा आँखा अस्पतालमा एमडीकापे पढाई शुरु भएको हो ।   गते बर्ष नाम्स बीर अस्पतालको टोलीले गेटा आँखा अस्पतालको निरीक्षण गरेर अनुमति प्रदान गरेको हो ।

   ‘यहा पठन पाठन शुरु भएछि अनुसन्धान पनि हुन्छ ।  पब्लिकेशन पनि हुन्छ ।  यसले क्लिनिकल सेवाको पनि बिकास गर्छ ।’ चिफ मेडिकल डाइरेक्टर डा. पन्त  भन्छन् ‘अल्टिमेटली यसले आखा अस्पताालई धेरै सहयोग गर्छ ।’

एकेडेमिक कार्यका लागि सर्जिकल बिभाग अत्यन्त महत्वपुर्ण हुने बताउँदै डा. पन्त भन्छन् ‘अहिले शुरुआत भएको बिस्तारै फयाकल्टी पोजिशन बढाउँछौं ।  अनि रेजिडेन्सको संख्या पनि बढ्दै जान्छ ।’

गेटा आखा अस्पतालमा अहिले अप्थालमिक असिस्टेन्टको पढाई पनि भैरहेको छ । सिटीइभिटीको सम्वन्धनमा भीमदत्त नगरपालिकाले चलाएको महाकाली पोलिटेक्निक इन्स्टिच्युटमा  अप्थालमोलोजिक असिस्टेन्टको बेसिक पढाई गरेर  दोश्रो बर्षदेखि गेटा आँखा अस्पतालमा अध्ययन र  क्लिनिकल अभ्यास गर्छन् ।

त्यस्तै आगामी बर्षदेखि चार बर्षको दृष्टि विशेषज्ञ ( बेचलर इन अप्टोमेट्री) को पनि गेटा आँखा अस्पतालमा पढाई हुने कार्यक्रम रहेको छ ।

गेटा आँखा अस्पतालले सुदुरपश्चिममा नेत्र उपचारको सेवा पैदान गर्न शुरु गरेपछि ४८ बर्षअघि सबै भन्दा बढी अन्धोपना रहेको सुदुरपश्चिम अहिले सबै भन्दा कम अन्धोपन रहेको प्रदेश बन्न सफल भएको छ ।