धनगढी पोष्ट
शुक्रबार, ०४ बैशाख २०८३ मा प्रकाशित
धनगढी । भीमदत्त नगरपालिका – ६, मधुवन, महेन्द्रनगर कञ्चनपुर निवासी आगो लघुकविता विधाका परिकल्पनाकार तथा साहित्यकार दीर्घ बहादुर चन्द “सुमन” काठमाडौँमा सम्मानित भएका छन् । राष्टिय सुसेली फाउन्डेसनको आठौँ वार्षिकोत्सवमा उनी सम्मानित भएका हुन् ।
सप्तरंगी सुमन कृतिमा सुशेली विधालाई प्राथमिकताका साथ स्थान दिइ एवम चर्चा परिचर्चा गरि सुसेलीको ब्याख्या र ऐतिहासिकता खोज एवम सुसेलीको लोकिप्रयता र श्रीबृद्धिमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै बलराम सरला सुसेली सम्मान ( संस्थापक बलराम ओझा÷सरला ओझा ‘सिर्जना’ ) प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ । पाउण्डेशनका अध्यक्ष सुसेली विधाका प्रवद्र्धक तथा साहित्यकार दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ रहेका छन् ।
साहित्यकार सुमनले नेपाली साहित्यमा पाँच पाँच अक्षरको दुई पाउमा जम्मा दश अक्षरमा लेख्न सकिने लघुकविताको ‘आगो’ विधाको परिकल्पना २०७८ भदौ २४ मा गरेका थिए ।
उनले आगो (सिद्धान्त र प्रयोग ) तथा सप्तरंगी सुमन पुस्तक प्रकाशन गरि सकेका छन् भने आगो लघुकविता सदन (आलस) मा दैनिक रुपमा आगो, मुक्तागो र गजलागो रचना गरेका छन् ।
साहित्यकार सुमनले शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान, नेपालबाट नगद सहित कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार, गुगुल्डी प्रतिष्ठान, मानसखण्ड फाउण्डेशन,कन्चनपुर, अर्घाखाची साहित्यसमाजबाट समेत सम्मापत्र प्राप्त गरेका छन् ।