दुध दिवसमा मोही सेवन तथा जनचेतनामुलक कार्यक्रम

नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेशका  अध्यक्ष भुपेन्द्र थापाले दुध र दुग्धजन्य पद्धार्थ मानव स्वास्थ्यका लागि अति उपयोगी रहेकोले बिश्व दुग्ध दिवस मनाउन शुरु गरिएको बताए ।

दुध दिवसमा मोही सेवन तथा जनचेतनामुलक कार्यक्रम

धनगढी ।  बिश्व दुग्ध दिवसको अवसरमा सोमबार धनगढीमा  मोही सेवन तथा जनचेतनामुलक कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेश तथा जिल्ला कैलाली, धनगढी दुग्ध वितरण आयोजना, सुदुरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड र भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र  क्रैलालीले संयुक्त रुपमा मोही सेवन कार्यक्रम संचालन गरेका हुन् ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव श्याम खड्काले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सो अवसरमा नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेशका  अध्यक्ष भुपेन्द्र थापाले दुध र दुग्धजन्य पद्धार्थ मानव स्वास्थ्यका लागि अति उपयोगी रहेकोले बिश्व दुग्ध दिवस मनाउन शुरु गरिएको बताए ।

संयुक्त राष्ट्र संघीय  बिश्व खाद्य कार्यक्रमले सन् २००१ देखि बिश्व दुग्ध दिवसा मनाउन शुरु गरेको हो । एफओएले प्रत्येक व्यक्तिले एक वर्षमा ९१ लिटर दुध खानुपर्ने बताउँदै आएको छ ।

अध्यक्ष थापाले  ग्राहस्थ उत्पादनमा दुधको योगदान ९ प्रतिशत रहेको उल्लेख गर्दै सुदुरपश्चिममा ८४ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको बताए ।

सो अवसरमा  मोही र खिर  निःशुल्क वितरण खुवाइएको थियो ।