धनगढी पोष्ट
शुक्रबार, १९ असार २०८३ मा प्रकाशित
धनगढी । धनगढी ५ मटियारीमा रहेको राइजिङ स्टार इङलिश बोर्डिङ स्कुलले शुक्रवार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । कृषि र आत्मनिर्भर नेपाल बिषयक वक्तृत्वकला प्रतियोगितामा तृप्ति सिंहले प्रथम स्थान हासिल गरेकी छन् ।
प्रतियोगितामा समीक्षा जेठाराले द्धितीय र अस्मिता जोशीले तृतीय स्थान हालि गरेकी छन् । प्रतियोगितामा १२ जनाले भाग प्रतिस्पर्धा गरेका थिए ।
सो अवसरमा राइजिङ स्टार इङलिब बोर्डिङ स्कुलका अध्यक्ष एवम प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बिद्यार्थीहरुको लुकेको प्रतिभा बाहिर ल्याउन बिद्यालयले प्रतियोगिताहरु संचालन गर्दै आएको बताए ।

निकट भविष्यमै लागु औषधका बारेमा समेत बिद्यार्थीहरुबीच प्रतिस्थाको आयोजना गर्ने तयारी भैरहेको शाहीले बताए ।
प्रमुख अतिथि शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयका सिनेटर एवम ऐश्वर्य बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख धर्मदेव भट्टले शिक्षण कार्यमा अब्बल रहेको राइजिङ स्टार अतिरिक्त कृयाकलापमा पनि अब्ब्ल रहेको कृषिका बारेमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताले पुष्टि गरेको बताए ।
सिनेटर भट्टले नेपाल कृषि प्रधान भए पनि अहिले कृषिमा परनिर्भर हुनु परेको उल्लेख गर्दै देशलाई आवश्यक पर्ने कृषि सामाग्री देशमै उत्पादन गर्न र निर्यात गर्न सकिन्छ भन्ने यस्ता कार्यक्रमले सन्देश दिने बताए ।
अब कृषिमा रोजगारी खोज्ने नभएर कृषिमा असीमित रोजगारी गर्न र बिदेश जाने क्रम रोक्न आवश्यक रहेको सिनेटर भट्टले बताए ।
बिद्याभुषण पब्लिक स्कुलका प्रिन्सिपल डिकेन्द्र कुवरले बिद्यार्थीको समग्र बिकासका लागि शिक्षणसँगै सबै खालका अतिरिक्त कृयाकलाप आवश्यक पर्ने बताए ।
राइजिङ स्टारले शिक्षणका साथै अतिरिक्त कृयालापमा पनि आफुलाई अब्बल साति गर्दै आएको प्रिन्सिपल कुवरले बताए ।
पशुपति शिक्षा सदनका प्रिन्सिपल सुरेश प्रसाद बडुले बिद्यार्थीहरुलाई अध्ययनका साथै राष्टिय भावमा उत्प्रेरित हुन प्रोत्साहन गरे ।
राइजिङ स्टारका अध्यक्ष कलेन्द्र शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल हरिचन्द्र शाहीले व्यक्त गरेका थिए भने कार्यक्रम संचालन बीरेन्द्र ओडले गरेका थिए ।
बक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा प्रेम कुवर र सदस्यमा कमला पेला र बिनय लम्साल रहेका थिए ।