धनगढी पोष्ट मङ्गलबार, ३० असार २०८३   July 14, 2026

रोटरी क्लबद्धारा महिला उद्यमीलाई अचार बनाउने तालिम संचालन

रोटरी क्लब अफ धनगढी र रोटरी क्लब अफ धुलिखेलको  संयुक्त आयोजनामा गोदावरी नगरपालिकामा बिड्रर बाख्रापालन समूहका लागि संचालित अचार बनाउने तालिम सम्पन्न भएको छ ।

रोटरी क्लबद्धारा  महिला उद्यमीलाई अचार बनाउने तालिम संचालन

धनगढी । रोटरी क्लब अफ धनगढी र रोटरी क्लब अफ धुलिखेलको  संयुक्त आयोजना र बुढानिलकण्ठ स्कूलका विद्यार्थीहरूको साम्य परियोजनाको पहलमा गोदावरी नगरपालिकामा बिड्रर बाख्रापालन समूहका लागि संचालित अचार बनाउने तालिम सम्पन्न भएको छ ।

रोटरी क्लब अफ डार्लिङ हार्बरको सहयोगमा गोदावरी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय को समन्वयमा चार दिन संचालित तालिममा  १६ जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।

तालिममा सहभागी महिलाहरूले स्थानीय रूपमा उपलब्ध कृषि उत्पादनको उपयोग गरी गुणस्तरीय अचार उत्पादन, प्रशोधन, सरसफाइ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी व्यावहारिक सीप हासिल गरेका थिए । यस तालिमले महिला उद्यमशीलता प्रवद्र्धन गर्दै आत्मनिर्भरता र आयआर्जनका अवसर विस्तार गर्न महत्वपूर्ण योगदान पुरयाउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

कार्यक्रमको समापनमा सहभागी महिलाहरूका लागि अचार उत्पादनका लागि आवश्यक भाँडाकुँडा, कच्चा पदार्थ तथा प्याकेजिङ मेसिन  रोटरी क्लब अफ धनगढीका अध्यक्ष भुवन भट्टले बिड्रर बाख्रापालन समूहका  अध्यक्षलाई हस्तान्तरण गरेको थिए ।

आयोजक संस्थाहरूले यस प्रकारका सीपमूलक तालिमहरूले स्थानीय महिला उद्यमीहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।