धनगढी पोष्ट
बुधबार, २८ साउन २०७७ मा प्रकाशित
काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टाम कोरोना संक्रमित थप आठ जनाको निधन भएको छ । यससँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भएका दुई महिला र ६ जना पुरुषको निधन भएको छ । मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका १२ की ७८ वर्षीया महिलाको बुधबार किस्ट मेडिकल कलेजमा निधन भएको हो ।
स्वास्थ्य तथा जजनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार धादिङको निलकण्ठ नगरपालिका १४ का ३२ वर्षीय पुरुषको मंगलबार ह्याम्स अस्पतालमा निधन भएको छ ।
धनुषा जिल्ला जनकपुरम उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको उपचारकै क्रममा बुधबार मेडिसिटी अस्पतालमा, जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको बुधबार पाटन अपतलामा मृत्यु भएको हो ।
सप्तरी डाक्रेश्वरी नगरपालिका ८ का ७२ वर्षीय पुरुषको पनि निधन भएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको हो ।
त्यसैगरी कपिलबस्तुको कपिलबस्तु नगरपालिका २ का ४२ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतलामा र बारा जिल्ला कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको बुधबार किस्ट मेडिकल कलेजमा निधन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।