धनगढी पोष्ट शुक्रबार, १६ साउन २०८३   July 31, 2026

डेरी एशोसिएसनद्धारा खिर दिवस मनाइयो

स्वास्थ्यका लागि खिर निकै लाभदायक भएका कारण खिर दिवस मनाउने गरिएको डेरी एशोसिएसनका सुदुरपचिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाले बताए ।

डेरी एशोसिएसनद्धारा खिर दिवस मनाइयो

धनगढी । नेपाल डेरी एशोसिएन सुदुरपश्चिम समितिले बिहीवार धनगढीम खिर दिवसको शुभकामना आयोजना गरेको छ । स्वास्थ्यका लागि खिर निकै लाभदायक भएका कारण खिर दिवस मनाउने गरिएको डेरी एशोसिएसनका सुदुरपचिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाले बताए ।

दुध, दही सहितका दुधजन्य पद्धार्थले विभिन्न रोग प्रतिरोधात्मक क्षमता बिकास गर्ने बताउँदै अध्यक्ष थापाले दुधजन्य पद्धार्थको उपभोगका जोड दिन आवश्यक रहेको बताए ।  

प्रदेश सभा सदस्य धर्मराज पाठकले नेपाली समाजमा रहेका खानपीनका परम्पराहरु स्वास्थ्यसँग पनि जोडिएको बताउँदै खिर पनि स्वास्थ्यका लागि लाभदायक रहेको बताए ।

कार्यक्रम संचालन हर्क बहादुर चन्दले गरेका थिए ।

सो अवसरमा डेरी व्यवसायीहरु। सरकारी कार्यालय प्रमुखरु र सामािजक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

साउन १५ गते खिर दिवस मनाइन्छ । साउन १५ गते ्डेरी व्यवसायीहरु व्यस्त रहने भएकाले एक दिन अघि खिर दिवस मनाइएको हो ।