धनगढी पोष्ट शुक्रबार, ३० साउन २०८३   August 14, 2026

भारतबाट ल्याउँदै गरेको ३१ ग्राम बढी ब्राउन सुगर सहित २ जना पक्राउ

भारतबाट ल्याउँदै गरेको ३१ ग्राम बढी ब्राउन सुगर सहित २ जना पक्राउ

 

धनगढी । कञ्चनपुरको बेलडाँडी प्रहरीले ठुलो परिणाममा लागु औषध (ब्राउन सुगर) सहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान इलाका प्रहरी कार्यालय बेलडाँडीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बेलडाँडी गाउँपालिका ३ बनपुर्वाबाट ३१.१० ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका – २ का ३० वर्षीय ठग्गु राम डगौरा र २६ वर्षीय रोशन सार्की रहेका छन । प्रहरी स्रोतका अनुसार उनीहरूले भारतको टाटरगन्जबाट लागु औषध खरिद गरी आएका थिए । सोही गोप्य सूचनाका अधारमा त्यहाँबाट दुवै जना चौधर नदी तरेर बैवाह तर्फ आउँदै गर्दा उनीहरू पक्राउ परेका थिए । उनीहरूको साथबाट म १ प ९३०१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) टेक बहादुर रावतले बताए उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलडाडीमा राखिएको छ ।