धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम । अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अुनसार मंगलसेन नगरपालिका–५ मा सडकमा गुडिरहेको अटो अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको हो ।

घटना शनिबार बिहान साढे ११ बजेको रहेको प्रहरीले जनाएको छ । स्थानीय लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुपप्र०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमानाका ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए ।

घाइते भएका बोगटीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । त्यहाँ उपचारका क्रममा दिउँसो १३ः१० बजे उनको र्मत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि अटो र चालक नियन्त्रणमा लिइएको छ ।