धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

म हिन्दू हुँ, तर कसैको खिलाफमा छैन : देउवा

म हिन्दू हुँ, तर कसैको खिलाफमा छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको बताएका छन् ।

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू कसैको विरोधी नभएको प्रष्टीकरण दिएका हुन् । ‘म हिन्दू हुँ । म कसैको विरोधी होइन । नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन, उनले भने, ‘मैले आफू हिन्दू हो भन्न पाउनु प¥यो नि । हिन्दूमा विश्वास गर्न पाउनुप¥यो नि मैले । यसमा कुनै कन्फ्युजन नहोस् ।’