धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026
मुख्यमन्त्री भट्ट भन्छन् : सवैलाई मिलाएर अघि बढ्ने छौं

सुदुरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस

सुदुरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस

धनगढी । नेपाली कम्युनिष्ट  पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका  तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरे । तर नेकपाबाट मन्त्री बन्नेहरुको टुंगो अझै लाग्न नसक्दा  मुख्यमन्त्री भट्टले आप्mनो दलको भागमा परेका मन्त्रालयमा  अझै  मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

नेकपामा रहेका साविकका तीन पार्टी ( नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी) ले आफनो समुहको सम्मानजनक सहभागिताको दवाव बढाएपछि नेकपाबाट मन्त्रीको टुंगो लाग्न नसकेको हो । नेकपामा साविकको नेपाल कम्युनिष्ट पार्टीमा रहेका दई समुहले पनि अलग अलग माग गरेपछि तीन मन्त्री पद बाफाडमा सकस भएको छ । 

 केन्द्रमा भएको राजनीतिक फेरबदल र नेपाली कांग्रेस–एमाले गठबन्धन टुटेपछि सुदुरपश्चिममा नेकपा र नेकपा एमालेको गठबन्धनमा   बर्तमान प्रदेश सरकार बनेको हो ।

नया सत्ता समीकरणमा नेकपाले मुख्यमन्त्री र तीन मन्त्रालय र नेकपा एमालेले तीन मन्त्रालय पाउने  सहमति भएको छ । नेकपा एमालेका भागमा परेको अर्तमन्त्री, सामाजिक बिकास मन्त्रीभुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री  र एक राज्यमन्त्री नियुक्त भैसकेका छन् । तर नेकपाको भागमा परेका  भौतिक पुर्वाधार बिकास मन्त्र, आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री नियुक्त हुन सकेका छ्रनन् ।

नेकपामा रहेका साविकका तीन पार्टीले आप्mनो समुहले बढी मन्त्री पाउनु पर्ने  दवाव सिर्जना गरेपछि मन्त्रीको टुंगो लाग्न नसकेको हो । तीन वटै साविक घटकहरूको शक्ति सन्तुलन मिलाउन सकस हुदा नेकपाले थप मन्त्रीको नाम टुंग्याउन नसकेको श्रोतले जनाएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख र एक निलम्बन बाहेक ३२ सिट सहित नेकपा सबै भन्दा ठुलो दल छ ।

 दुई दलबीच सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री सहित ४ र एमालेले ३ मन्त्रालय पाउने सहमति भएको थियो ।

श्रोतका अनुसार, तत्कालीन नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा आफ्नो ‘सम्मानजनक सहभागिता’ हुनुपर्ने अडान राख्दै शक्तिशाली मन्त्रालयहरूमा कडा दाबी प्रस्तुत गरेका छन् । साविकका तीनै घटकका शीर्ष नेताहरूले मन्त्री पदका लागि बलियो दाबी गरिरहेका छन् ।

विशेषगरी साबिकको नागरिक उन्मुक्ति पार्टीका नेताहरूले आफुहरूको भूमिका र योगदानको उचित मूल्याङ्कन नभए सरकार गठनमै समस्या आउन सक्ने चेतावनी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी ( साविकको नागरिक उन्मुक्ति पार्टी ) का प्रदेश सभा सदस्य घनश्याम चौधरी मुख्यमन्त्रीले सबैलाई मिलाएर लैजाने बताएको उल्लेख गर्दै भन्छन् ‘खै कसरी मिलाउनु हुन्छ, त्यो त पछि थाहा होला ।’

आन्तरिक किचलोका कारण तत्कालका लागि नेकपाले मुख्यमन्त्रीमा खगराज भट्टको नाम मात्र सिफारिस गर्न बाध्य भएको थियो । अर्काेतर्फ, सत्ता साझेदार दल नेकपा एमालेले भने आफ्नो भागमा परेका मन्त्रालयहरूमा मन्त्री तय गरी शपथ समेत गराइसकेको छ । एमालेका तर्फबाट सामाजिक विकास मन्त्रीमा सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बम नियुक्त भई पदभार ग्रहण गरिसकेका छन् । लामो समयदेखि बजेट शुन्यताको सामना गरिरहेको सुदूरपश्चिम प्रदेशलाई गति दिन नवनियुक्त मुख्यमन्त्री भट्टलाई जतिसक्दो चाँडो मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने दबाब छ ।

मुख्यमन्त्री खगराज भट्टले भने साविकका सवै घटकको सम्मान हुने गरी मन्त्रीको छनौंट गरिने बताएका छन् । उनले सो विषयमा केन्द्रिय तथा प्रदेश तहमा छलफल भइरहेको बताए । ‘एक दुई दिनमै हामी सवै मन्त्रीको नाम टुंगोमा पुर्याउने गरी छलफल गरिरहेका छौं, मुख्यमन्त्री भट्टले भने, ‘मन्त्री छनौट गर्दा सवैको सम्मान हुने छ ।