धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा तत्कालिन नागरिक उन्मुक्तिका ६ जना प्रदेश सभा सदस्य अनुपस्थित

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा तत्कालिन नागरिक उन्मुक्तिका ६ जना प्रदेश सभा सदस्य अनुपस्थित

धनगढी । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मिलेर सुदूरपश्चिम प्रदेशमा सरकार बनेपनि नेकपा भित्रको आन्तरिक मतभेदका मन्त्री छनौट प्रकृया पेचिलो बनेको छ ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका नेकपा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले भोली (बुधबार) प्रदेश सभाबाट विश्वासको मत लग्ने तयारी गरेका छन् ।

त्यसका लागि आज (मंगलबार) संसदीय दलको बैठक समेत आह्वान भयो । तर बैठकमा तत्कालिन नागरिक उन्मुक्ति पार्टीका ७ मध्य ६ जना प्रदेश सभा सदस्य अनुपस्थित भए । ७ जना प्रदेश सभा सदस्यलेनै संसदीय दलको बैठक बहिस्कार गरेपछि मुख्यमनत्रीलाई विश्वासको मत नपाइने होकी भन्ने भय नेकपामा देखिएको छ । ‘उहाँहरुले बैठकमा आउन सकिदैन भन्ने सन्देश दिनुभयो, नेकपाका एक प्रदेश सभा सदस्यले भने, ‘यस्तोमा विश्वासको मत लग्ने तयारी भइरहेको छ, ६ जनाले विश्वासको मत नदिए केहुने भन्ने भय सवैलाई छ ।’

नेकपा सुदूरपश्चिम संसदीय दलका उप नेता प्रकाश रावलले भने सामान्य विवाद् भएपनि विश्वासको मत पाउन सकस्या नरहेको बताए । मंगलबार बसेको संसदीय दलको बैठक सञ्चालन गर्न र आफहरु आन्तरिक छलफलमा रहेको तत्कालिन नागरिक उन्मुक्ति पार्टीका सदस्यले जनाकारी दिएको रावलको भनाई छ । तर सवैले विश्वासको मत दिनेमा कुनै समस्या नरहेको उनको भनाई छ । ‘विश्वासको मत दिन पार्टीभित्र ह्वीप जारी गर्ने निर्णय आजको बैठकले गरेको छ, रावलले भने, ‘त्यसैले त्यता तर्फ समस्या नहोला, मन्त्री छनौटमा देखिएका समस्या पनि छलफलबाट समाधान हुने छन् ।’

विश्वासको मत लगत्तै मन्त्री मण्डलले पूर्णता पाउने  रावलको भनाई छ । मन्त्री मण्डललाई पुर्णता दिन नेकपाका प्रदेश अध्यक्ष र इन्चार्ज तथा केन्द्रका अध्या र इन्चार्ज बसेर मन्त्रीको नाम टुंगो लगाइने उनले बताए ।