धनगढी पोष्ट
आइतबार, ०८ भदौ २०८३ मा प्रकाशित
धनगढी – कैलालीको चिफ्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको शव भेटिएको छ । शनिबार चिफ्ले झरनामा चिप्लिएर बेपत्ता भएका डडेल्धुराका २१ वर्षीय खगीराज पन्तको शव फेला परेको हो ।
उनको शव आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । पन्तको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।