धनगढी पोष्ट सोमबार, ०९ भदौ २०८३   August 24, 2026
बसलाई व्याक गरेर मारेको भन्दै स्थानीय आक्रोसित

पानी वेच्ने महिलाको बसको ठक्करबाट मृत्यु

पानी वेच्ने महिलाको बसको ठक्करबाट मृत्यु

अत्तरिया । कैलालीको अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी सिन्की बोहराको मृत्यु भएपछि अत्तरिया बजार तनावग्रस्त बनेको छ । स्थानीय र आफन्तले पहाड रोड र पूर्व रोडमा सवारी आवागमनमा अवरोध गरेका छन् । महिलाको बसको ठक्करबाट घटना स्थलमै मृत्यु भएको थियो । बसले ब्याक गरेर किचेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
उनी सँगै पानी बेच्दै आएका महिलाहरूले सुरुमा टायर मुनी खुट्टा परेको भए पनि पछि बस ब्याक गरेर किचेको बताएका छन् । बस ब्याक गरेर किचेको बारेमा आधिकारिक पुष्टि भने हुन सकेको छैन । स्थानीय र आफन्तले बस चालकलाई कडा कारबाहीको माग गरेका छन् ।