धनगढी पोष्ट
बुधबार, ११ भदौ २०८३ मा प्रकाशित
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्य सुरु गरिएको छ । खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सर्वसाधारण समेत खटिएका छन् । हेलिकप्टरदेखि ड्रानेको सहायताबाट समेत खोजी तथा उद्धार सुरु गरिएको छ ।
सशस्त्र प्रहरीले रसुवागढी भन्सार यार्ड र बाढी प्रभावित क्षेत्रमा पुरिएकाहरूको खोजी गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ । कुकुरले मान्छे रहेको संकेत गरेपछि खोजी तथा उद्धारको काम गरिने सशस्त्र प्रहरीले बताएको छ । त्यस्तै नदी किनार तथा बाढी प्रभाविति क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकलाई लोकेट गर्न ड्रोन परिचालन गरिएको बताइएको छ ।