धनगढी पोष्ट बिहिबार, १२ भदौ २०८३   August 27, 2026

रसुवा बाढी आएपछि ३८४ पर्यटक सम्पर्कविहीन

रसुवा बाढी आएपछि ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् ।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् । सम्पर्कविहीन मध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डल पर्यटक सम्पर्कविहीन भएको जनाएको हो । तीमध्ये सम्राट टुर्स एन्ड ट्राभल्सबाट ७१ जना (५९ भारतीय र १२ नेपाली) सम्पर्कविहीन भएका छन् । काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन् । जसमा १ विदेशी र १५ नेपाली छन् ।

त्यस्तै लिफ होलिडेजका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन् । कैलास जर्नीबाट ३१ जना बेपत्ता छन् । जसमा २६ विदेशी र ५ नेपाली छन् । यसैगरी एक्स्प्लोर भ्याकेसनबाट ७ नेपाली सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । ट्रेकर्स सोसाइटीबाट ९२ जना (७७ विदेशी र १५ नेपाली) सम्पर्कविहीन छन् । रिचा टुर्स एन्ड ट्राभल्सबाट १२ सम्पर्कविहीन भएको तथ्यांक सार्वजनिक भएको छ । जसमा ८ विदेशी र ४ नेपाली छन् ।

फिस्टेल टुर्स एन्ड ट्राभलबाट २७ सम्पर्कविहीन छन् । जसमा २० विदेशी र ७ नेपाली छन् । हिमालयन ग्लेसियरबाट ५२ सम्पर्कविहीन रहेकोमा ३७ विदेशी र १५ नेपाली छन् । अल्पाइन इको ट्रेकबाट २० सम्पर्कविहीन छन् । जसमा १६ विदेशी र ४ नेपाली छन् ।