धनगढी पोष्ट बिहिबार, १२ भदौ २०८३   August 27, 2026

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

धनगढी । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ । उनले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेर प्रहरीलाई ट्याग गरेका थिए।उनले प्रहरीलाई समेत गाली गरेका थिए । उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेको प्रहरी स्रोतले बतायो ।