धनगढी पोष्ट शुक्रबार, १३ भदौ २०८३   August 28, 2026

भोटेकोशीमा आएका बाढीबाट नुवाकोटका झण्डै १५ सय परिवार विस्थापित

भोटेकोशीमा आएका बाढीबाट नुवाकोटका झण्डै १५ सय परिवार विस्थापित

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्याएको छ । नदी किनारमा रहेका सुन्दर शहर, बस्ती र महत्त्वपूर्ण भौतिक पूर्वाधारहरू बाढीको चपेटामा परेर तहसनहस भएका छन् ।
त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार, बाढीका कारण नुवाकोट जिल्लामा मात्रै झण्डै १ हजार ५ सय परिवार विस्थापित भएका छन् । आफ्नो सर्वस्व गुमाएका यी हजारौँ परिवारहरू अहिले सुरक्षित आश्रयस्थल र राहतको पर्खाइमा छन् ।