धनगढी पोष्ट शुक्रबार, १३ भदौ २०८३   August 28, 2026

चिनिया जलश्रोत मन्त्रालयले भन्यो ‘नेपालको सीमा नजिकै ठुलो ताल बनिरहेको छ’

चिनिया जलश्रोत मन्त्रालयले भन्यो ‘नेपालको सीमा नजिकै ठुलो ताल बनिरहेको छ’

काठमाडौं । नेपालको सीमाना नजिक रहेको चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको चिनियाँ जलस्रोत मन्त्रालयले जानकारी दिएको छ ।

चिनियाँ अनलाइन ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर ताल बनेको छ भने उक्त तालबाट पानी बाहिरिन थालेको छ । यी नदीहरू मिसिएर नेपाल प्रवेश गरेपछि त्रिशूली नदीका मुख्य स्रोत÷शाखा बन्छन् ।  तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशीमा मिसिन्छन् । ग्लोबल टाइम्सले चिनियाँ जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै लेखेअनुसार आगामी तीन दिनमा उक्त तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान छ । यसले उक्त ताल फुट्ने जोखिम रहेको पनि चिनियाँ सञ्चारमाध्यमले लेखेका छन् । ताल फुट्ने सम्भावनालाई ध्यानमा राखेर चिनियाँ सरकारले तयारी गरिरहेको बताइएको छ ।