धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बिपद ब्यवस्थापन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

बिपद ब्यवस्थापन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

धनगढी

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले प्राकृतिक बिपदको ब्यवस्थापन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्

बुधबार प्रदेश सभाको बैठको शुन्य समयमा बोल्दै उनीहरुले प्रदेशमा प्राकृतिक बिपदले जनतालाई समस्या भएको भन्दै त्यसको बयवस्थापनमा धयन दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्

बुधबार शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता रण बहादुर रावलले प्रदेशमा बाढी, पहिरोले जनधनको क्षति भएकोले पीडितहरुलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरे उनले बाढी पहिरोले बिगारेका भौतिक संरचनाहरुको पुनर्निर्माण हुनुपर्ने बताए

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्तले बाढी डुबानले प्रदेश सरकारका कार्यालयहरु पनि समस्या परेको बताउँदै डुबान नियन्त्रण गर्न ढल निकासका लागि आफुले प्रदेश सरकारसंग गरेको अनुरोधको सुनुवाई नभएको आरोप लगाए

नेपाली कांग्रेसकै टेक बहादुर रैका आउजीले पहिले बसेका बस्तीभन्दा नया बनेका सडकहरु अग्लो भएका कारण डुबानको समस्या आएकोले विकास आयोजनाहरु बनाउँदा जनताका समस्यालाई ध्यानमा राख्न माग गरे

नेकपाका प्रदेश सभा सदस्य पूर्णा जोशीले डोटीमा भएको बस दुर्घटनामा घाइतेहरुको उद्धार मृत्यु भएकाहरुको शब ब्यवस्थापनमा खटिएका सबैको कोरोना परीक्षण गर्न माग गरिन् उनले भारतबाट आएर घर जान लागेकाहरु दुर्घटनामा परेकोले उनीहरुमध्ये कोही संक्रमित भए त्यससंग जोडिएका सबै समस्यामा पर्ने भएकोले घाइते संगै उद्धारमा खटिएका सर्वसाधारण, सेना प्रहरीहरुको पिसिआर परीक्षण गर्न माग गरिन जोशीले प्राकृतिक बिपदमा परेका नागरिकहरुलाई राहतको ब्यवस्था गर्नुपर्ने समेत माग राखेकी छिन्

नेकपाकै हर्क बहादुर कुँवरले बाढीका कारण बाजुरा अछामका बस्तीहरु बुढीगंगा नदीले कटान गरिरहेकोले तटबन्धको ब्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए प्रदेश सभा सदस्य दुर्गा कुमारी कामीले प्राकृतिक बिपदमा परेकाहरुका लागि राहत सहयोग गर्न सरकारले कोष समेत बनाएको भएपनि प्रभावकारी रुपमा कोष परिचालन हुन नसकेको गुनासो गरिन्