धनगढी पोष्ट
आइतबार, २२ भदौ २०८३ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले लामो समय देखि व्यवस्थापनको पर्खाईमा रहेका मुक्त हलियाको व्यवस्थापनका लागि एकिकृत कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
१८ औं हलिया मुक्त दिवसको अवसरमा आइतबार धनगढीमा आयोजित प्रदेश स्तरिय सम्बाद कार्यक्रममा मुख्यमन्त्री भट्टले मुक्त समस्यालाई जरैदेखि समाधान गर्ने गरी काम गर्नु आवश्यक रहेको बताए । उनले भने, ‘मुक्त हलियाको पुनर्स्थापनाको के कति प्रगति भयो, के काम बाँकी छ, त्यसको समिक्षा गरौं, बाँकी रहेको कामलाई एकिकृत रुपमा सञ्चालन गर्न प्रदेश सरकार तयार छ ।’ उनले समस्या समाधानका लागि आफु र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री एकठाउँमा बसेर आवश्यकता अनुसार अन्य निकायलाई पनि परिचालन गर्न सक्ने बताए ।
साथै भट्टले मुक्त हलिायाका नाममा सरकारी तथा गैर सरकारी निकायबाट भएको खर्चको हिसाव गर्नु आवश्यक रहेको समेत बताएका छन् । ‘१८ बर्ष सम्म सरकार र आन्दोलनरत पक्षविच भएको सहमति कति कार्यान्यवन भयो ? त्यसका नाममा सरकारका तर्फबट र गैर सरकारी नियकायबाट के कति खर्चभयो त्यसको हिवास गरौं,’ मुख्यमन्त्री भट्टले भने, अव के कसरी अघि बढ्ने त्यसमाथि पनि गहन छलफल गरौं ।’
कार्यक्रममा प्रदेश सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारीले सामाजिक विभेद र सम्पन्न परिवारको हेपाह प्रवृतिका कारण हलिाय प्रथा कायम भएको स्मरण गरे । उनले कागजमा १८ बर्ष अघि नै उन्मुलन भइसकेको प्रथालाई अव व्यवहाकि रुपमै उन्मुलन गर्नुपर्नेमा जोड दिए । ‘यस विषयमा यसै कार्यक्रममा मुख्यमन्त्री ज्यूले धेरै कुरा गरिसक्नुभएको छ,’ मन्त्री भट्टले भने, उहाँले भनेका कुरामा समर्थन जनाउँदै यो समस्या समाधानका लागि म जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता जनाउदछु ।’
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले मुक्त हलियालाई आवास संगै रोजगारीमा जोड्नु अवाश्यक भएको आल्याए ।मन्त्री रावलले आवास मात्रै भएर हलिया मुक्त भएका परिवारको समस्या समाधान हुन नसक्ने बताएका हुन् ।
‘रोजगारी सवै भन्दा महत्वपूर्ण कुरा हो,’ मन्त्री रावलले भने, ‘वेरोजगार हुदा फेरी कसैको सरणमा जानुपर्ने अवश्था आउन सक्छ, अहिले सम्म यही कारणले यो समस्या बल्झिएको होकी भन्ने पनि लाग्छ, त्यसैले अव रोजगारीको पाटोलाई पनि संगसंगै लैजानु आवश्यक छ ।’
संविधान सभा सदस्य तथा मुक्त हलिया, कमैया, कमलरी हरवा, चरवा अध्ययन कार्यलदका पूर्व सदस्य हरी श्रीपाईलीले मुक्त हलियाको पक्षमा काम गरेर देखाउनु अहिलेको अपरिकार्यता भएको बताएका छन् ।
मुक्त हलियाको दिगो र न्यायोचित पुनस्र्थापनाको लागि आधार पत्र प्रस्तुत गर्दै श्रीपाईलीले अहिलेसम्म कागजमा मात्रै धेरै काम भएपनि अव व्यवहारिक रुपमै काम गरेर देखाउनुपर्नेमा जोड दिए । सरकारले देशमा मुक्त हलिया नरहेको बताएपनि अझै धेरै परिवारको तथ्यांक संकलन हुन नसकेको बताउँदै उनले ती छुटपुट परिवार र लगत संकलन भएरपनि वेवास्तामा परेका परिवारको यथोचित व्यवस्थापन अहिलेको आवश्यकता भएको औंल्याएका हुन् ।
राष्ट्रिय मुक्त हलिया महाँसंघ नेपाललको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकराको सहयोगमा आयोजित सम्वाद कार्यक्रम महाँसंघका अध्यक्ष रमेश कोलीको अध्यक्षतामा सम्पन्न भएको हो ।