धनगढी पोष्ट
आइतबार, २२ भदौ २०८३ मा प्रकाशित
धनगढी । भीमदत्त राजमार्ग अन्तरगत कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भीरबाट खसेको ढुंगा हाइसमा पर्दा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार शनिबार दिउँसो धनगढीबाट जोगबुढा तर्फ गइरहेको ०१–००१ ज १८०३ नम्बरको हाईसमा भीरबाट खसेको ढुंगा लागेको थियो । हाइसमा ढुंगा खस्दा डडेल्धुराको परशुराम नगर पालिका–२ का २४ बर्षिय दीनेश नाथको खुट्टमा चोट लागेको हो । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शनिबार बिहानै देखि परेको अविरल बर्षाका कारण भाँसू भीरबाट ढुंगा खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको छ । तर यातायात सेवा भने सुचारुनै रहेको प्रहरीले जनाएको छ । ढूगा लागेको हाइसको अगाढीको सीसा र छतमा क्षेति पुगेको प्रहरीले जनाएको छ ।