धनगढी पोष्ट
सोमबार, २३ भदौ २०८३ मा प्रकाशित
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा दोधाराचाँदनी नगरपालिका–१० की १५ वर्षीया सृष्टि सुनार रहेकी छन् । प्रारम्भिक विवरणअनुसार सृष्टि महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा नदीमा बगेकी हुन् । घटना लगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले नदीमा बेपत्ता सुनारको खोजी भइरहेको जानकारी दिए । उनकाअनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा महाकाली नदीमा बेपत्ता किशोरीको खोजी गरिरहेको छ । महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाई छ ।