धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८३ मा प्रकाशित
डोटी । डोटीको जोरायल गाउँपालिका–४ मत्सेमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । मंगलबार बिहान करिब सवा ९ बजे स्थानीय लोकेशबहादुर घर्ती मगरकी करिब ९÷१० वर्षीया छोरी खिमा घर्ती मगर ठुलीगाड खोलामा नुहाउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे बालिकाका बुवा लोकेशबहादुरले बिहान करिब ११ बजे प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी नायब निरीक्षक दिलीपकुमार बिसीको कमाण्डमा ९ जनाको प्रहरी टोली खोज तथा उद्धारका लागि घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले जानकारी दिए ।