धनगढी पोष्ट
बिहिबार, २९ साउन २०७७ मा प्रकाशित
धनगढी
बैतडी र डोटीमा एक÷एक जना गरी सुदूरपश्चिममा थप दुई जनामा कारोना संक्रमण पुष्टी भएको छ ।
बिहीबार डडेलधुरा अस्पतालमा गरिएको ३ सय ५२ स्वाव परिक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको डडेल्धुरा अस्पताले जनाएको छ ।
अस्पतालका इन्चार्ज इश्वरी भूषलका अनुसार डोटी दिपायल सिलगढी नगरपालिकका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६१ पुगेको छ ।